७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

१ हजार जनालाई २ लाख तलबसहित इजरायलमा रोजगारीको सनौलो अवसर



काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीमा जान इच्छुक नेपाली कामदारका लागि आवेदन खुलाएको छ । इजरायलले जिटुजी मोडलबाट एक हजार जना श्रमिक नेपालबाट लैजाने भएपछि विभागले आवेदन खुला गरेको हो । आवेदन दिन २१ दिनको म्याद दिइएको छ । विभागले एक हजार जनाका लागि मङ्गलवार आवेदन खुलाएको हो। २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यसरी जाने कामदारको मासिक तलब करिब एक हजार ६०० अमेरिकी डलर अर्थात झण्डै २ लाख रुपैयाँ रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । सरकारसँग सरकार जीटूजीमार्फत कामदार पठाउन गएको असोज १४ गते सरकारले इजरायलसँग सम्झौता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !