११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

जसपा कार्यकारिणी बैठक : विधान पारित, दलको नेता चयनको प्रक्रिया अघि बढाइने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको विधान पारित गरेको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठकले दलको विधान पारित गर्दै दलको नेता चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

दलको नेता चयन प्रक्रियाका लागि जसपाले नेता नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ रहेको समिति समेत चयन गरेको जसपा नेता डम्वर खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टीको अनुशासन उलंघन गरेको भन्दै पदरिक्त हुने गरि प्रदेशसभा सदस्यबाट कारबाही गरेको नेता खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको खतिवडाले बताए । बैठकले निर्वाचन आयोगमा सनाखतमा सहभागी भएका ३४ सदस्य नै पार्टीको कार्यकारिणी सदस्य कायम रहने गरि पार्टीको कामकारवाही अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै पार्टीलाई आधिकारीता प्रदान गर्न सहयोग र साथ लिने सवैप्रति बैठक आभार प्रकट गरेको खतिवडाले बताए । जसपाको बैठक बुधबारपनि बस्दैछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !