१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए



काठमाडौं । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै आफ्नो पक्षमा हस्ताक्षर नगर्नेलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बालकुमारीस्थित पार्टी कार्यालयमा उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष र निलम्बित सांसद रेशम चौधरीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

सोमबार निर्वाचन आयोगमा पार्टी आधिकारिकतामा सनाखत नगर्ने सबैलाई पार्टीबाट निस्कासन गरिएको छ । पार्टीबाट निष्कासन हुनेमा ठाकुर पक्षबाट १६ रहेका छन् । सनाखतमा तटस्थ रहने चौधरी पनि निष्कासनमा परेका छन् । जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति रहेकोमा सोमबार आयोगमा ३४ सदस्ले यादव पक्षमा सनाखत गरेका थिए ।

पार्टीको आधिकारिकतासम्बन्धी सनाखतका लागि आयोगले उपस्थित हुन बोलाउँदा ठाकुर पक्षले सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो । पछि सर्वाेच्चले ठाकुर पक्षको विपक्षमा मुद्धाको फैसला गरेको थियो ।

सोमबार आयोगले पार्टीको आधिकारिकता यादव पक्षमा रहेको भनेपछि असन्तुष्ट बनेको ठाकुर पक्ष पुनः आयोगविरुद्ध अदालत जान लागेको तयारीमा रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !