१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताः एमसीसी, कोरोनाका बारे कुराकानी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । हिजो साँझ भएको टेलिफोन वार्तामा देउवाले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका लागि अनुरोध गर्नुभएको छ ।  अमेरिकी विदेशमन्त्रीले देउवालाई टेलिफोन गरेर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई ज्ञापन गरेको सोही अवसरमा उहाँहरुबीच नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहयोगका विषयका साथै कोभिड १९ खोप सहयोग तथा औषधि उपकरण र स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता अहिलेको प्राथमिकताका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फोन वार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्ध १५ लाखमात्रा खोप सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले महामारीको तेस्रो लहरको व्यापक आशङ्का भएको सन्दर्भमा बालबालिका र युवा जनसंख्यालाई पुग्नेगरी उपयुक्त खोपको थप व्यवस्थाका लागि आग्रह गर्नुभएको हो ।टेलिफोन वार्ताकै क्रममा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे पनि विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०७४ मै अमेरिका र नेपालबीच एमसीसी क्म्याक्टमा सम्झौता भए पनि नेपालको संसदले सो कम्प्याक्ट अनुमोदन नगरेकाले कार्यान्वयन हुन सकेको छैन ।वार्तामा विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तन र नेपालजस्तो अतिसंवेदनशील पर्वतीय देशको अर्थतन्त्रमा विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनबाट पर्ने प्रभावबारे दुवै पक्षले छलफल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय