ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मुत्यु « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मुत्यु



 काठमाडौ । झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको  मुत्यु गएको छ । मंगलबार राति साढे १० बजे भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवता सुमन तिमल्सिनाका अनुसारपूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा  गम्भीर घाइते भएकोमा  उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए । मोटरसाइकललाई ठक्कर दिने  ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए


प्रतिक्रिया दिनुहोस !


गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन



काठमाडौं । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।

दार्चुलामा नेपाली युवक तुइनबाट महाकाली नदीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो । अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

नेपाल प्रहरीका ४ एआईजीको सरुवा



काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो ।

यसअघि केपी ओली सरकारले गरेको सरुवा गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा कार्यान्वयनमा आएको थिएन। एआईजी विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा भएका छन् ।

त्यस्तै, एआईजी निरज शाही प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् । एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !

एमालेका प्रदेश सांसदहरुले रावललाई भने-एमसीसी र कालापनीका विषयमा को बोल्छ ?



काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले आग्रह गरेका छन् । उनीहरु रावल निवास टोखामा नै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् । उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

आफ्नो क्षेत्रका नेता संघीय संसद्मा रहनु पर्ने र एमसीसी जस्ता विवादित विषयमा सवाल उठाउने नेता पनि चाहिने हुँदा राजीनामा फिर्ता लिनु पर्ने प्रदेशसभा सदस्यहरू बताएका छन् । उनीहरुले भने ‘सुदूरपश्चिमको अभिभावक, सक्रिय राजनीतिमा लागेको व्यक्ति संघीय संसदमा रहिरहन पर्छ । एमसीसी, कालापानीलगायतका सवाल कसले उठाउँछ ? भनेर हामीले भन्यौं,’ उनले भने, ‘समग्र सुदूरपश्चिमकै लागि पनि राजीनामा फिर्ता लिनुपर्छ भनेर आग्रह ग¥यौं ।’ रावललाई भेट्न प्रदेशकी कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्कालगायत १३ जना पुगेका थिए । भेटमा रावलले प्रदेशका साथीहरूको चासो र चिन्ता स्वभाविकै भएको तर, आफू अकारण राजीनामा भने नदिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: