१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह



काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न र कोरोनबाट थिलथिलो अर्थतन्त्रलाई चलायमान गर्न विषेश राहत कार्यक्रम ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।बुधबार ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य नेतृत्वमा पदाधिकारीसहित बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई एवं शुभकामना दिर्दै यस्तो आग्रह गरेको हो ।

ट्रेड युनियन कांग्रेसले सर्वोच्च अदालतको फैसलाले निरंकुश उन्मुख अघिल्लो सरकारलाई गतिलो सपथ सिकाउनुकासाथै लोकतन्त्र र संविधानको रक्षा गरेको बताउँदै अघिल्लो ओली नेतृत्वको सरकारले गरेका स्वच्छाचारी, अलोकतान्त्रिक गतिविधि एवं बेतिथिलाई सच्याउँदै कोभिड१९ को नियन्त्रण र उपचारकालागि प्रभावकारी कार्यक्रम ल्याई जनजीवनलाई सहज बनाउन आग्रह गरेका छन् ।युनियनले श्रमजीवीलाई कार्यस्थमै खोपको उपलब्ध गराउन एवं महामारीको असरबाट रोजगारी र आय गुमाएका श्रमिकलाई विषेश राहत कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको प्रमुख प्राथमिकता नै सबै नेपालीलाई खोपको व्यवस्था गर्ने र अर्थतन्त्रलाई चलायमान गर्ने रहेको बताउनु भएको नेपाल ट्रेड युनियन कांग्रेसका प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !