६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

क्रियाशील सदस्यता छानविन समितिप्रति काठमाडौंबाटै बिरोध सुरु



काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिप्रति काठमाडौंबाटै बिरोध सुरु भएको छ । मनोमानी रुपमा क्रियाशील सदस्यता प्रदान गरेको र छानविन हुन नसकेको भन्दै काठमाडौंका केहि ईकाइ समितिले बिरोध जनाएका हुन् ।

क्रियाशील सदस्यता छानविनको बिरोध गर्दै सभापतिहरुले बुधबार पार्टी पदाधिकारी बैठक बसेको स्थान बूढानीलकण्ठमा धर्ना दिएका थिए । उनीहरुले पार्टीभित्र लोकतन्त्र खै, व्यक्ति ठूलो कि बिधान, काठमाडौं ७ को क्रियाशील छानविनमा न्याय दे लगाएतका प्लेकार्ड बोकेका थिए ।

धर्नामा पुगेका कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले छानविन समितिबाट भएको त्रुटीलाई सच्चाउने प्रतिवद्धता जनाए । धर्नामा बसेकाहरुले मनोमानी रुपमा प्रदान गरिएको क्रियाशील सदस्यता नसच्चिए पार्टी कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !