७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सरकारमा सहभागी हुन अत्तालिए २२ सांसद, माधव नेपाल ‘पर्ख र हेर’को अवस्थामा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा (एमाले)का २२ सांसदहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई चाँडोे सरकारमा सहभागी हुन दबाब दिएका छन् ।बुधबार नेता नेपालसँग छलफलमा भाग लिएका उनीहरुले आफूले विश्वासको मत दिएको वर्तमान देउवा नेतृत्वको सरकारमा चाँडो सहभागी हुनुपर्ने माग राख्दै दबाब दिएका हुन् ।

सांसदहरुको कुरा सुनेर नेपाल भने तत्काल सरकारमा जान नहुने र स्थिति नियालेर मात्र अघि बढ्नुपर्ने सुझाव दिएका छन् । छलफलमा उपस्थित एक नेताले भने, ‘हामीले सरकारमा सहभागी हुनुपर्ने माग राख्दा उहाँले हाम्रो कुरा मात्र सुनिरहनुभयो । र, यस विषयमा पछि कुरा गरौँला भन्दै टार्नुभयो ।’ती नेताका अनुसार आफूले विश्वासको मत दिएको सरकारमा सहभागी हुँदा केही फरक पर्दैन । पार्टी छिन्नभिन्नजस्तो अवस्थामा पुगेको र प्रधानमन्त्री देउवाले नेपालकै कारण मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको अवस्थामा तत्काल भाग लिनुपर्ने उनको भनाइ छ ।

त्यसो हिजो मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आयोजित स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समूह पनि सरकारमा सहभागी हुने वचन दिएको ब्रिफिङ गरेका थिए । छलफलमा यहीँ कुरा जोडिए पनि नेपालले भने तत्काल सरकारमा हुन चाहेनन् ।साथै, बैठकमा एमाले संसदीय दलको नेता फेरिए पार्टी एकता हुने नेपालले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !