७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चन्द्रागिरि हिल्सको सेयरमा सकारात्मक सर्किट



लामो समयसम्म स्थिर रहेको चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । आइपीओ दोस्रो बजारमा सूचिकृत भएसँगै सकारात्मक सर्किटका साथ प्रतिकित्ता २ हजार रुपैयाँभन्दा माथि पुगेको कम्पनीको सेयर त्यसपछि प्रतिकित्ता २८३५ रुपैयाँसम्म पुगेको थियो ।

त्यसपछि लगातार घटेर प्रतिकित्ता १४ सयको हाराहारीमा झरेको कम्पनीको सेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको हो । मंगलबार प्रतिकित्ता १४८२ रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मूल्य बुधबार १० प्रतिशतले बढेर १६३७ रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस !