४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

माओवादी र काङ्ग्रेस त्यागेर गाउँ नै एमालेमा प्रवेश



झापा । नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि झापामा एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेकाे  छ । केन्द्रमा एमालेको आन्तरिक किचलो बढीरहेको बेला पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला स्थित झापा गाउँपालिकामा एउटा गाउँनै एमालेमा प्रवेश गरेकाे हाे ।

नेपाली कांग्रेसले तिसौ वर्ष मुलुकमा शासन गर्दा समेत कुनै परिवर्तन नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमै मुलुकको कायां पलट गरेको भन्दै झापा गाउँपालिका-२ स्थित वालुवाटारमा वसोवास गर्ने दुई सयभन्दा बढी स्थानीय नेकपा एमालेमा प्रवेश गरेको झापा गाउँपालिका कमिटी अध्यक्ष गजेन्द्र ताम्लीले बताए।

सो गाउँका स्थानीय डिल्ली हेमरम र भैयालाल माझीको नेतृत्वमा ५० घरपरिवारबाट करिव दुइ सय जनाभन्दा बढी एमालेमा प्रवेश गरेका छन्। निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको नेतृत्वमा देशमा विकास र समृद्धिको सुरुवात भएको भन्दै राष्ट्रियता र विकासको मुद्दा मन परेर आफुहरू एमालेमा प्रवेश गरेको स्थानीय डिल्ली हेमरम र भैयालाल माझीले बताए ।


प्रतिक्रिया दिनुहोस !