१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा बस्दै



काठमाडौं । बिहीबार पनि नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दैछ । १४ औं महाधिवेशन लक्षित बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो । नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा विवाद रहेकाले बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको एक नेताले बताए ।

नेपाली काँग्रेसमा क्रियाशील सलस्यतामा विवाद रहदै आएको छ । उक्त विवाद टुंगो लगाउन बुधबारको बैठकमा पनि लामो प्रयास भएको थियो । तर टुंगो लाग्न सकेको थिएन।
जसका लागि आज बैठक सारिएको थियो ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ १४ गते तोकिएको छ । तर यो मितिमा सम्पन्न हुने सम्भावना न्यून रहेको छ ।


प्रतिक्रिया दिनुहोस !