१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पूर्वमाओवादी नेताको मुद्दा दीपककुमार कार्कीको इजलासमा



 काठमाडौ ।सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ ।
आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको भन्दै बुधबार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा दधिराम न्यौपाने लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आफूहरु औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको तर माओवादी केन्द्रले पार्टी परित्याग गरेको भन्दै कारवाही गरेकाले उक्त निर्णय बदर गर्न, सांसद पदबाट हटाउने संघीय संसद सचिवालयको निर्णय बदर गर्न र सांसदकै रुपमा कामकाज गर्न दिन माग गर्दै उनीहरुले रिट दर्ता गराएका थिए ।

बिहीबारका लागि पेसीमा चढेको उक्त रिट वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । उक्त रिटमाथि बिहीबार सुनुवाई भई अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ ।


प्रतिक्रिया दिनुहोस !