१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

देशका यी स्थानमा ठूलो पानी पर्ने



काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, २, बागमती, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेतापनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकामा पनि बदली भएर केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।आज बिहान सूर्योदय ५ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !