१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अफगानिस्तानबारे चिनियाँ चासो सकारात्मक पहल हुनसक्छ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन



काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानबारे चीनले देखाएको चासो सकारात्मक पहल हुन सक्ने बताएका छन् । अफगानिस्तानमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि चीनले पहल गरिरहेको भए उक्त कदम सकारात्मक हुने विदेशमन्त्री ब्लिंकेनको भनाइ छ ।

तालिबान प्रतिनिधिको चीन भ्रमणपछि अमेरिकी विदेशमन्त्रीको प्रतिक्रिया आएको हो । अफगानिस्तानमा शान्ति पुन:स्थापना र पुनर्निमाणका लागि तालिबानले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको चीनले बताएको छ ।

‘अफगानिस्तानमा तालिबानले सैन्य शासन चलाओस् भन्ने कसैले पनि चाहँदैन, कसैले पनि अफगानिस्तानमा इस्लामी अमिरात स्थापना होस् भन्ने चाहँदैन,’ भारत भ्रमणका क्रममा रहेका अमेरिकी विदेशमन्त्री ब्लिंकेनले भने । उनले तालिबान ‘शान्तिपूर्ण रुपमा वार्ताको टेबल’ मा आउनुपर्नेमा जोड दिए ।

बुधबार तालिबानको ९ जनाको प्रतिनिधिमण्डल चिनियाँ विदेशमन्त्री वाङ यीसँगको कुराकानीका लागि तियानजिन गएका थिए । मुल्लाह अब्दुल गनी बरादरको नेतृत्वमा तालिबानी प्रतिनिधिमण्डलले चिनियाँ विदेशमन्त्रीसँग भेट गरेको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार विदेशमन्त्री यीले तालिबान प्रतिनिधिमण्डलसँगको कुराकानीमा ‘चीन विरोधी’ आतंकवादी संगठन ‘इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट’ सँगको सम्बन्ध तोड्नुपर्ने बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयले तालिबान प्रतिनिधिमण्डलसँग भनेको थियो, ‘पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्ट एक आतंकवादी समूह हो । यसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि स्वीकार गरेको छ । यस आतंकवादी संगठनविरुद्ध मिलेर लड्नु अन्तर्राष्ट्रिय समुदायको पनि जिम्मेवारी हो । चीनलाई यो आशा छ कि तालिबानले यस आतंकवादी समूहसँगको सम्बन्ध तोड्नेछ


प्रतिक्रिया दिनुहोस !