१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

जसपा कार्यकारिणी समितिको बैठक जारी



काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको तेस्रो दिनको बैठक बसिरहेको छ । बिहीबार ११ बजे बस्ने भनिएको बैठक १ बजे सुरु भएको हो । पार्टीका शीर्ष नेताहरु नआएका कारण बैठकमा ढिलाई भएको थियो ।

उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

बुधबार बसेको बैठकले सरकारमा मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय