८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

३३६५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ३ सय ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ५ सय ५५ आरटी पिसिआर र ४ हजार ६ सय ८७ एन्टिजेन गरी कुल १४ हजार २ सय ४२ जनामा परीक्षण गरिएकोमा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ३६ जना र भेन्टिलेटरमा १ सय ६० जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट १ हजार ३ सय ७३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !