६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

महन्थ ठाकुरले दायर गरेको रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा



काठमाडौ ।जनता समाजवादी पार्टी नेपालको अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले शुक्रबारका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।

निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रियालाई नै रोक्न माग गर्दै ठाकुरले रिट निवेदन दिएका थिए ।

यद्यपि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । यसबीचमा निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

रिट निवेदनमा ठाकुरले कार्यकारिणी समितिकै विवाद निरूपण नगरी निर्वाचन आयोगले सिधै बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !