१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भदौ २० भित्र सम्पति विवरण पेश गर्न मातहतका कर्मचारीलाई मन्त्रालयको निर्देशन



काठमाडौ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० भदौ भित्र सम्पत्ति विवरण पेश गर्न मातहतका सबै कर्मचारीहरुलाई निर्देशन दिएको छ। गत १२ साउनमा यस्तो सूचना प्रकाशन गर्दै २ वर्षको सम्पत्ति विवरण पेश मातहतका सबै निकायलाई पत्राचार गरेको हो । मन्त्रालयले पछिल्लो २ आर्थिक बर्षको सम्पत्ति विवरण आगामी २० भदौंभित्र पेश गर्न निर्देश गरेको हो । मन्त्रालय मातहतका विभागहरू, प्रतिष्ठानहरू, केन्द्रहरू, अस्पतालहरू र परिषद्हरूमा कार्यरत निजामति कर्मचारीबाहेक अस्थायीरस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई सम्पती विवरण भर्न निर्देशन दिएको हो।

उनीहरूकोको सम्पति विवरण राष्ट्रिय सर्तकर्ता केन्द्रको डाटाबेसमा इन्ट्री गर्नुपर्ने भएकाले २०७७/ ७८ को सम्पत्ति विवरण नाम, पद खुल्ने गरी पेश गर्न भनिएको छ।


प्रतिक्रिया दिनुहोस !