१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गण्डकी प्रदेश विपत व्यवस्थापन समितिको बैठकका यस्ता छन् निर्णयहरु



 काठमाडौ ।गण्डकी प्रदेशले सुशासनका अतिरिक्त विपद व्यवस्थापनलाई समेत तीव्रता दिने भएको छ ।प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको वैठकमा मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा वताएका हुन् । सो अवसरमा प्रमुख सचिव डा दामोदर रेग्मीले जनताले सरकारको उपस्थितिको अनुभूति र आवश्यकता विपदको अवसरमा गर्ने हुदा सवै निकाय विपदको व्यवस्थापनमा हर क्षण सक्रिय अवस्थामा रहनु पर्ने वताए । प्रदेश सचिव इन्दु घिमिरेले उद्घोषण गरेको उक्त वैठकमा प्रदेश का सवै सुरक्षाा निकायका प्रमुख प्रदेश सचिवहरु खाद्य संस्थानका प्रदेश प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा दैनिक वैठक गरि स्थितिको समीक्षा गर्ने गरिएकोमा अव हप्तामा एक पटक मुख्य मन्त्रीको उपस्थितमा समेत वैठक गरिने भएको छ ।

वैठकले गोरखा मनांग लम्जुंग म्याग्दी वागलुंग पर्वत मुस्तांग लगायत प्देशका जिल्लाहरुमा देखिएका विपदको समाधान गर्ने राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । साथै खाद्य संस्थानमा खाद्यान्नको स्टक व्यस्था मिलाउन भनिएको छ । मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव डा। दामोदर रेग्मीले सवै जिल्लाका प्रमुख जिल्ला अधिकारी स्थानीय तहका प्रमुख सुरक्षाा निकाय जिल्ला समन्वय समितिका सभापति स्वास्थ्य कार्यालयका प्रमुखहरुसंग जुममा छलफल गरि केही दिन अगाडी वस्तुस्थिति बुझेको थियो । उक्त छलफलले विपद व्यवस्थापनमा प्रदेश सरकारको भूमिका राम्रो रहेको निष्कर्ष निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस !