१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

२४ घण्टामा ३६११ मा कोरोना पुष्टि, १८१६ जना संक्रमणमुक्त, २७ जनाको मृत्यु



काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ८७८ परीक्षणबाट १ हजार १४४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ६६१ परीक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ छ ।नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८३४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय