१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मैलुङ खोलाको आइपीओमा २३ गुणा बढी शेयर माग, साढे ११ लाखले गरे आवेदन



मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर (आइपीओ) मा सर्वसाधारणमा माग गरिएको शेयरको तुलनामा २३.४५ गुणा धेरै आवेदन परेको छ ।

नेपाल क्लियरिङ्ग हाउसका अनुसार शुक्रबार साढे ५ बजेसम्ममा ११ लाख ५८ हजार ५८५ वटा आवेदनबाट १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ५७ हजार ३४० कित्ता शेयर माग भएको हो ।

कम्पनीले सर्वसाधारणबाट ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन माग गरेको थियो ।

मैलुङ खोला जलविद्युत कम्पनील साउन १४ गते बिहीबारदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ५ प्रतिशत बराबरको ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्ड र २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीलाई छुट्याएर बाँकी शेयरमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओमा साउन १८ गते सोमबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो शेयरको वेवसाइट तथा मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय