६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

इन्टरनेट सेवाप्रदायकका कर्मचारीलाईपनि खोप उपलब्ध गराउन आइस्पानको सरकारलाई आग्रह



ISPAN- Internet Service Provider Association of Nepal

इन्टरनेट सेवाप्रदायक संघ नेपाल आइस्पानले इन्टरनेट सेवाप्रदायकका कर्मचारीलाईपनि खोप उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य विभागका महानिर्देशकलाई एक पत्र लेख्दै इन्टरनेट सेवामा खटिने सबै कर्मचारी तथा सेवामा आवद्ध सवैलाई खोप दिन अनुरोध गरेको हो ।

आइस्पानले इनटरनेट सेवालाई अत्यावश्यक क्षेत्रमा समेटेपनि सरकारले खोप उपलब्ध गराउन नसकेको जनाएको छ ।

पत्रमा आइस्पानले भनेको छ ‘अति आवश्यक सेवा प्रवाह गर्ने निजि क्षेत्रका कर्मचारी उच्च जोखिमा भएको र लामो समयदेखि कोभिड खोपको प्रतिक्षमा रहेकोले खोप उपलब्ध गराइदिनुहुन सादर अनुरोध छ’ ।


प्रतिक्रिया दिनुहोस !