१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

संसदीय दलको नेता चयनका लागि जसपाको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्न लागेको छ । संसदीय दलको नेता चयनका लागि शनिबार बिहान ११ बजे बैठक बस्न लागेको जनाइएको छ ।

यसअघि बिहीबार बसेको बैठकले पार्टीको संसदीय दलको नेता छान्नका लागि आज (शनिबार) चुनाव गर्ने निर्णय गरेको थियो । तर आज बैठक बसेर सहमतिको आधारमा संसदीय दलको नेता चयन गरिनेछ । सहमति भएन भने चाहिँ चुनावी प्रक्रियामा जाने एक नेताले बताए ।

मंगलबारदेखि केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । उक्त बैठकले यसअघि नै संसदीय दलको विधान भने पारित गरिसकेको छ । तर सरकारमा सहभागी हुने भनिए पनि मन्त्रीका लागि नाम छान्न नसक्दा सरकारमा जानेहरुको टुंगो लाग्न सकेको छैन । गठबन्धन सरकारमा दलहरुले मन्त्रीको नाम दिन नसक्दा नै सरकारले पूर्णता पाएको छैन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय