१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

माधव नेपालजस्ता आन्दोलनविरोधीहरूलाई पार्टीमा कुनै ठाउँ छैन : ओली



काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले उक्त कुरा बताएका हुन् ।

आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको ओलीले बताएका हुन् ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए । ‘माधव नेपाल जस्ता आन्दोलनविरोधीहरूलाई कुनै ठाउँ छैन,’ उनले भने ।

पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।

पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो ।

आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय