१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

एमाले स्थायी कमिटी बैठक स्थगित



काठमाडौँ — नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए । उनले अध्यक्ष ओलीले विघटित कार्यदलको प्रगति विवरण सुनेर आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए ।

एमाले उपाध्यक्ष वामदेव गौतमले भने विघटित कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नका लागि समय मागेपछि बैठक स्थगित भएको जानकारी दिए ।आइतबार ३ बजेसम्म विवादको निचोड निकाल्ने गरी प्रयास हुने गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय