७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कर्मचारीको अभाव बढी : प्रदेश सरकार



काठमाडौ । प्रदेश सरकारका अनुसार कर्णालीमा माथिल्लो तहका कर्मचारी र प्राविधिक कर्मचारीको अभाव बढी छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार कर्णालीमा एक सय ६८ वठा सङ्गठन संरचना र झण्डै २ हजार ६ सय बढी कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।

यद्यपि, स्वीकृत दरबन्दीमध्ये झण्डै ८ सय भन्दा बढी दरबन्दी रिक्त रहेको प्रमुख सचिव गणेशप्रसाद पाण्डेले जानकारी दिए । प्रदेश लोकसेवा आयोग कार्यालयका शाखा अधिकृत प्रेम आचार्यले लोकसेवा आयोगले आन्तरिक तयारी थालिरहेको बताए । प्रदेश लोकसेवा आयोग ऐन पास भैनसकेकाले केही काम गर्न अवरोध पनि भएको उनले बताए ।

उनले भने, ‘भर्ना प्रणालीको सफ्टवेयर तयार भएको छ । कुन स्थानीय तहका कति दरबन्दी रिक्त भन्ने विवरण संकलन गर्ने काम अघि बढिसकेको छ ।’ उनका अनुसार अहिलेसम्म ७९ वटा स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको विवरण आइसकेको छ । विवरण आएका स्थानीय तहहरुमा धेरैजसो प्राविधिक जनशक्ति रिक्त रहेको देखिन्छ’ उनले भने


प्रतिक्रिया दिनुहोस !