११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

तीन सचिवको सरुवा :- अर्थमा मधु मरासिनी, गृह कस्लाई ?



काठमाडौ ।सरकारले तीन जना सचिवको जिम्मेबारी हेरफेर गरेको छ । गत १२ साउनको मिति राखेर आज बुझाउन लागिएको पत्रमा महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थ मन्त्रालयमा तानेको छ ।अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवको जिम्मेवारी दिएका हुन्। अर्थ सचिव शिशिर ढुंगाना भने प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।यसअघि सहसचिव हुँदा मरासिनीले अर्थ मन्त्रालयबाट विश्व बैंकको मुख्यालय वासिङ्गटन डिसी र न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासमा समेत काम गरिसकेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए । अर्थकै क्याडर भए पनि स्वास्थ्यमा थन्काइएका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ । यस्तै गृह मन्त्रालयको सचिवमा शिक्षा समूहका सचिव टेकनारायण पाण्डेले जोडबल गरिरहेका छन् । उनी अहिले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत छन् । गृहसचिवका लागि कृष्णहरि पुष्करले समेत जोडबल गरिरहेको बुझिएको छ । उनी हालैमात्र सचिवमा बढुवा भएका हुन्,प्रदेशमा पदस्थापन नभई सिधै गृहमा जान उनले जोडबल गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !