१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

निजामती पुरस्कारका लागि सिफारिस गर्न अनुरोध



काठमाडौ । निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न अनुरोध गरिएको छ ।सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाई प्रदान गर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नामावली पठाउन पत्राचार गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय र आयोगहरूमा कार्यरत कर्मचारीसमेत समेटेर साउन ३२ गतेभित्र मन्त्रालयमा प्राप्त हुने गरी नामावली पठाउन पत्राचार गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !