पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण, १८ को मृत्यु « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण, १८ को मृत्यु



काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ४०२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६९ हजार ३०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २० जना कोरोनामुक्त भए, १८ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न



स्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ ।

‘हामी स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौँ, नेपालीलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौँ’, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिको सीप, अनुभव एवं सम्पर्क सञ्जालको नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ ।

समापन समारोहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, दक्षिण कोरियाका डा देवी बस्नेतलगायतले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताउनुभयो । पत्रकार भगीरथ योगी तथा डा दिनेश ज्ञवालीले अङ्ग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाउनुभएको थियो ।

शुक्रबारदेखि विभिन्न सत्र सञ्चालन गरिएको र शनिबार लण्डनस्थित नेपाली दूतावासमा औपचारिकरूपमा सुरुआत गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए । एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन नेपालबाहिर आयोजना गरिएको स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताउनुभयो । उनले महामारीका बेलामा नेपालीको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिनुभयो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरूपमा सम्मेलनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली सङ्घ तथा संसारभरि रहेका नेपाली चिकित्साकर्मीलाई धन्यवाद दिनुभयो । उहाँले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पु¥याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाउनुभयो ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्रा मनकुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गका उपाध्यक्ष ट्रेसी बन्डिग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्र्यु लि, सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेमगाहा मगरलगायत वक्ताले शुभकामना दिनुभएको थियो । सम्मेलनले एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

विरोध प्रदर्शन गर्न नदिने देउवा सरकारको चेतावनी विरुद्ध सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले विरोध प्रदर्शनमा रोक लगाउने गृह मन्त्रालयको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले विरोध प्रदर्शन गर्न पाउनु अभिव्यक्ति स्वतन्त्रता भएको र त्यसलाई कुण्ठित पार्ने चेतावनी दिन नपाइने भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

गत २० भदौमा गृह मन्त्रालयले एक सूचना जारी गर्दै छिमेकी राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा नाराबाजी र जुलुस प्रदर्शन भइरहेको भन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो । महाकाली घटनाका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन र विरोध प्रदर्शन तथा एमसीसीविरुद्ध प्रदर्शन भइरहेका बेला गृहको यस्तो सूचना आएको थियो ।

यसका विरुद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट निवेदन पेस गर्नुभएको थियो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरि सरकारले विज्ञप्ति जारी गरेको भन्दै उहाँले रिटमा गृहको वक्तव्य संविधानले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार विपरीत भएको जिकिर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

राताम्मे शेयर बजारमा भारी गिरावट, ८ अर्ब ४९ करोड रुपैयाँको कारोबार



काठमाडौं । सोमबार २६९८ अंकमा झरेको सेयर बजार ४ प्रतिशतले गिरावट भएको छ । ८ अर्ब ४९ करोड रुपैयाँको किनबेच भएको सेयर बजार ११४ अंकले पहिरो गएको छ । साथै, सबै समूहहरु राताम्मे देखिएका छन् । सोमबार चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेको छ। डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशत, लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य सामान्य बढेको देखिन्छ।

सोमबार बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन्। यसैगरी गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसी फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, घलेम्दी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ। सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, हिमालय पावर पार्टनर, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जोशी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: