१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ताेकिएकै मितिमा महाधिवेशन गर्न देउवालाई दबाब, तीन नेता एक ठाउँमा उभिने



काठमाडौं । नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको चाैधाैँ अधिवेशन ताेकिएकै मितिमा हुनुपर्ने बताएका छन् । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहनिवास चाक्सीबारीमा भएको छलफलमा उनीहरुले महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने निष्कर्ष निकालेको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

कांग्रेसको दोस्रो पुस्ताका प्रभावशाली तथा नयाँ सभापतिको दाबी गरिरहेका तीनैजना नेताले संवैधानिक बाध्यतासमेत ख्याल गरेर भदौमै महाधिवेशन गर्नुपर्ने र भदौमा महाधिवेशन नगरे कांग्रेस संवैधानिक संकटमा पर्ने निष्कर्ष निकाललेको लामिछानेले जानकारी दिए । तीन नेताको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकलाई कोरोना खोप उपलब्ध गराउने कुरालाई मुख्य प्राथमिकता दिनुपर्ने माग पनि गरेको छ । निधि, कोइराला र सिंहबीच कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रित भएर पटकपटक छलफल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !