१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एकपछि अर्को गरि पेलेरै अघि बढ्दै ओली, नेपाल समूहको अनुपस्थितिमै महाधिवेशन कार्यतालिका प्रस्ताव



काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरेको छ । आइतबार तुलसीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकले भदौ २७-२८ मा विधान अधिवेशनको निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

बैठकले ३ असोजमा देशभरका वडा अधिवेशन र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय पनि गरेको छ । यो निर्णय अनुमोदनका लागि २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको उनले बताए । संगठित सदस्यता नवीकरण २७ साउनभित्र सक्ने पनि बैठकले निर्णय गरेको छ ।

विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पार्नेछन् । बैठकले विधान महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी भने रामबहादुर थापा बादललाई दिएको छ । आइतबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको थिएन । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !