१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

हाेटल तथा पयर्टन क्षेत्रका १४ संघहरूले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापन पत्र,यस्ता छन् माग



होटल तथा पर्यटन क्षेत्रका १४ वटा संघहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई पर्यटन क्षेत्रको पुनरुत्थानको लागि गर्नुपर्ने कामहरु समेटेर संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन्।

होटल संघ नेपाल, नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस्, ट्रेकिङ ऐजेन्सिज ऐसोशिएसन अफ नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एसोशिएसन अफ ¥याफ्टिङ एजेन्सिज्, एयरलाइन अपरेटर्स एसोशिएसन अफ नेपाल, नेपाल एसोशिएसन अफ टूर अपटेर्स, टुरिष्ट बस एसोशिएसन अफ नेपाल, सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल, हिमालय उद्धार संघ, नेपाल पर्यटक यातायात व्यवसायी संघ, एक्सपिडिसन अपरेटर्स एसोशिएसन नेपाल, रेस्टुरेन्ट एण्ड बार एसोशिएसन अफ नेपाल र पाटा नेपाल च्याप्टरले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्।

संघहरुले पर्यटन क्षेत्र पुनःसुचारु तथा पुनरुत्थानका लागि तत्काल अनुमोदन गरिनुपर्ने आधारभूत मागहरु,पर्यटन व्यवसायी तथा मजदुरहरुको अस्तित्व रक्षाका लागि आवस्यक मागहरु र पर्यटन क्षेत्रलाई सुव्यवस्थित,सुदृढ र दिगो एवम् जिम्मेवार रुपमा बिकास गर्न आवश्यक पहलहरुलाई पत्रमा समेटेका छन्।

देशभरी पर्यटकीय गन्तव्यहरुमा अग्रपंक्तिमा रही खटिएका पर्यटन सेवाप्रदायक व्यवसायी तथा सम्बन्धित क्षेत्रका कामदार,कर्मचारीहरुलाई एवम् सरोकारवालाहरुलाई कोभिड–१९ विरुद्धको खोप ३० दिनभित्र लगाउने व्यवस्था हुनुपर्ने, अनलाईन भिसा (ई–भिजा) सेवा प्रणाली मार्फत सहजरुपमा “भिसा अन–अराइभल” व्यवस्था लागु गरिनुपर्ने, कोभिड–१९ बाट अति जोखिममा रहेको अतिप्रभावित पर्यटन उद्योगको सम्वर्धन र संरक्षण गर्न विशेष पुनरुत्थान नीति सहितको गुरुयोजना लागू गर्न नेपाल सरकारको आर्थिक स्वेतपत्रमा घोषणा गरिनुपर्ने, आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिले व्यवस्था गरेका सुविधाहरु सहज रूपमा सबैको लागि वितरण गरिनुपर्ने र अनुगमन टोली गठन गरी पारदर्शी बनाउनुपर्ने तथा गत आर्थिक बर्षको मौद्रिक नीतिका व्यवस्थाहरु पर्यटन व्यवसायी बीच समानुपातिक वितरण र सहज पहुँच हुन नसकेको हुँदा यस विषम परिस्थितिबाट विशेषगरी साना तथा मझौला पर्यटन व्यवसायीलाई टिकाउन वा वचाई राख्न राज्यबाट ५ वर्षका लागि सरल र सहज रूपमा नगद प्रवाह गराउनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !