११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

खोप लगाएको प्रमाणपत्र निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन, विदेश जाने कामदारलाई राहत



विदेश जाने कामदारहरुले कोरोना भाइरस(कोभिड-१९) विरुद्धको खोप लगाएको प्रमाण पत्र लिँदा शुल्क लिएको गुनासो बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चासो देखाएको छ ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दैै खोप लगाएको प्रमाण पत्र दिदा कुनै शुल्क नलिन अस्पतालहरुलाई निर्देशन जारी गरेको हो ।

अहिले उपत्यकाका टेकु, पाटन, सिभिल र एपीएफ  अस्पतालले खोप लगाएको प्रमाण पत्र वितरण गरिरहेको छ।

खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नुनपर्ने भएपछि अहिले सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका हुन्।

पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको हो।

स्वास्थ्य मन्त्रालयको निर्देशनसँगै विदेश जाने कामदारहरुलाई राहत मिलेको छ ।


प्रतिक्रिया दिनुहोस !