७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

साउन २५ गतेबाट प्रधान सेनापती थापा घरबिदामा बस्ने, शर्माले सेनाको कमान्ड सम्हाल्ने



काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेको छ । आउँदो भदौ २४ बाट उनको कार्यकाल समाप्त हुने भएकाले एक महिनाअगाडि नै अर्थात् यही साउन २५ गतेबाट उनी घरबिदामा बस्ने भएका छन् ।

यस अवधिमा कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी शर्मालाई दिनुभएको हो ।

आइतबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बलाधिकृत रथी शर्मालाई मन्त्रिपरिषदले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ अनुसार सिफारिस गरेको र त्यसलाई राष्ट्रपति भण्डारीद्वारा सदर गरिएको बताउनुभएको छ । एक महिनाका लागि कायममुकायम बने पनि त्यसपछि भने शर्मा नै प्रधान सेनापति बन्ने बताइएको छ ।

शर्मालाई यही साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !