१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कार्यदल बैठकमा तीन वटा विषयको डकुमेन्ट ड्राफ्ट, मन्त्री छनोटबारे चुपचाप



 काठमाडौ ।सत्तारुढ गठबन्धनको कार्यदल बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो  ।

कार्यदलका सदस्य रमेश लेखकका अनुसार ड्राफ्ट गरिएका तीन वटा डकुमेन्टमा न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवाल रहेको छ । यसबारे कार्यदलमा थप छलफल चलिरहेको र छिटै अन्तिम रुप दिइनेछ ।

कार्यदलका सदस्यबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । त्यहाँ जुटेको सहमतिको ड्राफ्ट जसपा नेता राजेन्द्र श्रेष्ठले गरिरहेको बताइएको छ ।कार्यदलको बैठक मन्त्री छनोट र नियुक्तिका विषयमा भने प्रवेश नगरेको कार्यदलका सदस्य लेखकले रातोपाटीलाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय