१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दुई सातापछि ज्येष्ठ नागरिकले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाउने



काठमाडौ ।कोरोनाभाइरस कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएकाहरुले अब छिट्टै दोस्रो मात्रा लगाउन पाउने भएका छन् । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको करिब १७ दिनपछि  दोस्रो मात्रा लगाउन पाउने स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले बताए ।

एष्ट्रेजेनेकाका खोप प्राप्त गरेको तीन दिन भित्रमा सरकारले वितरण गर्ने स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राज्य मन्त्री श्रेष्ठले बताएका हुन् ।जापानमा ओलम्पिक सकिएलगत्तै एष्ट्रेजेनेकाको खोप नेपाल आउने उनले बताए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पदभार सम्हालेको १० औं दिनमा १०० दिनको आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै राज्य मन्त्री श्रेष्ठले १३ लाख ४८ हजार नागरिकलाई खोप दिइने बताए ।

 कोभिशिल्ड खोप पहिलो मात्रा लगाएको ९ महिनासम्म दोस्रो मात्रा लगाउँदा थप प्रभावकारिता बढेको पाइएको अध्ययनले देखाएको मन्त्रालय प्रवक्ता कृष्ण प्रसाद पौडेलले पत्रकार सम्मेलनमा बताए ।


प्रतिक्रिया दिनुहोस !