११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

पूर्व प्रधानमन्त्री ओली बादी रहेको मुद्धा प्रधानन्यायधीश राणाको इजलाशमा



काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली वादी रहेको रिटप्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराले आफ्नै बेञ्चमा राखेर आज सुनुवाई गर्दैछन् ।कर्णाली प्रदेशका चार जना सांसदहरुले ह्विप उल्लंघन गरेको भन्दै कारवाही गरिएको मुद्धाको पेशी प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा चढेको छ । सो मुद्धा प्रधान्ययाधीश राणाले आफ्नै बेञ्चमा राखेर सुनुवाई गर्दैछन् । १ नम्बर बेञ्चमा प्रधानन्यायीध चोलेन्द्र शमशेर जवरा र प्रकाश कुमार ढुंगनाको इजलाशले सो मुद्धाको अहिले सुनुवाई गर्दैछ ।

कर्णाली प्रदेशसभाका चार एमाले सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मर वहादुर थापा लगायतले दलीय ह्वीप उल्लंघन गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि उनीहरुलाई कारवाही गरिएको थियो ।
ओलीले महाअधिवेशन आयोजक कमिटिले आफूहरुलाई कारवाही गर्न नसक्नेभन्दै पदमुक्त भएकाहरु सर्वोच्च गुहार्न पुगेपछि प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो ।अदालतको पुर्नबहालीविरुद्ध ओलीले पुनरावदेन (भ्याकेट) दर्ज गराएका थिए । गत ८ असार र २३ असारमा सो मुद्धाको सुनुवाइ भएको भए पनि कुनै निर्णय आएको थिएन् । सो मुद्धाको अहिले सुनुवाई भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !