जातीय तथा वर्गीय आधारको आरक्षण हटाउन सर्वोच्चको आदेश « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

जातीय तथा वर्गीय आधारको आरक्षण हटाउन सर्वोच्चको आदेश



काठमाडौ । नेपालमा २०६३ सालको अन्तरिम संविधानसंगै शुरु गरिएको जातीय तथा वर्गीय आरक्षणको सन्दर्भमा महत्वपूणै आदेश दिएको छ ।धनुषाका विनयकुमार पंजिकारले चिकित्सा शिक्षाको उच्च शिक्षामा आरक्षणको माग गर्दै दायर गरेको रिट निवेदनमा फैसला सुनाउने क्रममा सर्वोच्चले जातीय वा वर्गीय आधारका आरक्षणहरु हटाउन आदेश दिएको हो ।

न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र डा। आनन्द मोहन भट्टराईको संयुक्त इजलासले गत पुस १ गते गरेको फैसलाको हालै भएको पूर्णपाठमा आर्थिक रुपमा सम्पन्न र आरक्षण पाएर आफ्नो अवस्था सुधार गरिसकेकालाई फेरि त्यस्तो सुविधा नपाउने गरी कानून निर्माण गर्न आदेश दिइएको छ ।

यस्तै आरक्षणलाई वर्गीय वा जातीय आधारमा नभइ अवसरबाट बञ्चित भएकाहरुको उत्थानका लागि आवश्यकताको आधारमा मात्रै प्रयोग गर्न पनि सर्वोच्चको आदेशमा भनिएको छ । आदेशमा भनिएको छ, ‘आरक्षण सम्बन्धी व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभै आवश्यकता केन्द्रित बनाएमा मात्र यसले संविधानको साध्य हाँसिल गर्न सक्छ ।

वास्तवमै गरिब, निमुखा र आफ्नो श्रोत साधनले शिक्षा आर्जन गर्न नसक्ने वर्गलाई नै आरक्षणको छहारीभित्र ल्याउने र संविधानको धारा १८ ९३० को प्रतिबन्धात्मक वर्गमा पर्ने तर सक्षमलाई बाहेक गरेमा मात्र यसले संविधानको लक्ष्यलाई पछ्याउन सक्छ ।’

यस्तै फैसलाले राजनीतिक, आर्थिक वा सामाजिक रुपमा उपलब्धि हाँसिल गरिसकेको समुदायलाई आरक्षणको सुविधाबाट बाहिर राख्न पनि आदेश दिएको छ । आदेशमा आर्थिक रुपमा सक्षम भएर पनि आरक्षणको सुविधान लिन खोज्ने वर्गलाई ‘तरमारा’ भनि किटान गरिएको छ ।आदेशमा भनिएको छ, ‘संविधानतः आरक्षणको वर्गमा पर्ने तर व्यक्तिगत उन्नति प्रगति गरिसकेको कारण आरक्षण वा उपल्लो तथा तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षण सम्बन्धी व्यवस्थालाई मुक्त गर्न जरुरी छ ।’

सर्वोच्चको आदेशले एकपटक आरक्षणको सुविधा लिएका व्यक्तिलाई फेरि त्यस्तो सुविधान नदिन र समक्षहरुसँगै प्रतिस्पर्धा गराउन पनि भनेको छ । त्यस्तै आरक्षण दिंदा शिक्षाको गणुस्तर कायम रहने गरी कानुन तर्जुमा गर्न पनि निर्देशनात्मक आदेश दिईएको छ ।सर्वोच्चले रीट निवेदक पञ्जिकारले चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी) तहमा समेत जातीय आधारमा आरक्षण दिनुपर्ने भनि गरेको मागलाई अस्वीकार गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ८ जनालाई माफी, ५२३ जनाको कैद कट्टा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् । पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ । असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । सरकारले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !

एउटा प्रदेशी जिन्दगी, प्रदेशमै जान्छ प्राण अनि पखेरु !



लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।

३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।

दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’

जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’

तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराको एकपटक बाबुको अनुहार हेर्ने अन्तरईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।

परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । दिवंगत देहले आफ्नै जन्मभुमीको माटोमा समाहित हुन पायो । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गिरि लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।

तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सूची मन्त्रालय, बिभाग, दुताबास वा बोर्डसँग हाेला कि नहोला !?

प्रतिक्रिया दिनुहोस !

भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: