६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी, मौद्रिक नीति रोक्न सरकारले दबाब छैन: गभर्नर अधिकारी



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबारसम्म मौद्रिक नीति आउने बताएका छन्  । इकोनोमिक मिडिया सोसाइटीको ज्ञापन पत्र बुझ्दै गभर्नर अधिकारीले छिटोमा यहि शुक्रबारसम्म र ढिलोमा आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको बताएका छन्।

उनले मौद्रिक नीति रोक्न सरकारले दबाब नदिएको पनि प्रष्ट पारेका छन्  । उनले भने ‘सरकारले दबाब दिएको छैन, नयाँ सरकार आएपछि बजेटको आकार र बजेटका प्राथमिकता फेरिन सक्ने भएकोले केहि ढिलाई भएको हो’  । आगामी मौद्रिक नीति ब्यबसायीलाई र अन्य कोरोना प्रभावितलाई राहत गरि आउने उनले बताए  ।

मौद्रिक नीति ढिलो आउँदा समस्या नहोस् भनेर बैंकहरुलाई साधारणसभा, लाभांश वितरण र वित्तीय विवरण सार्वजनिक गर्नको लागि सर्कुलर मार्फत बाटो खुलाईएको उनले बताए।

इकोनोमिक मिडिया सोसाइटीले गभर्नर अधिकरी समक्ष विभिन्न ६ बुँदे माग पत्र  बुझाएको हो । सोसाइटीले सामाजिक सञ्जालमा भइरहेको अवैध विज्ञापनलाई करको दायरामा ल्याउन, नेपालको मिडिया उद्योगलाई असर नपर्ने गरी यस्तो विज्ञापनमा खर्चको मापदण्ड तोक्न, मुलुक बाहिरबाट सामाजिक सञ्जालमा हुने सबै खालका विज्ञापनलाई नियन्त्रण गर्न, पत्रकार तथा सञ्चारकर्मीहरूलाई पनि सम्वन्धित संस्थाको सिफारिसमा ‘प्रोफेसनल लोन’को व्यवस्था गर्नको लागि सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस !