ओलीले पेलेर निर्णय गरेपछि लचिलो बन्यो नेपाल समूह। « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

ओलीले पेलेर निर्णय गरेपछि लचिलो बन्यो नेपाल समूह।



काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो समुहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी नेता युवराज ज्ञवालीले जानकारी दिए ।

त्यस्तै एकता प्रक्रिया चलिरहेका बेला केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिले पार्टी एकतामा अवरोध सिर्जना गरेको भन्दै उक्त अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको छ । ज्ञवालीका अनुसार एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले एकपक्षीय बैठक राखेर पार्टी विभाग गठन र विभिन्न कार्यदल गठन गरिरहेको भन्दै उक्त कार्य रोक्न माग समेत गरेको छ ।  सोमबार मात्रै ओली पक्षको बैठकले ९ वटा विभागमा सदस्यहरु नियुक्ति गरेको छ । त्यस्तै आइतबारको बैठकले महाधिवेशनका लागि विभिन्न कार्यदल गठन गरेको छ ।

‘यस्ता गतिविधि रोकिनुपर्छ भन्ने निश्कर्ष छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘अव हामी एमालेलाई रुपान्तरण गर्ने हो, पार्टी एकतालाई निष्कर्षमा पुर्याउने हो,’ज्ञवालीको भनाइ छ ।त्यस्तै नेपाल खनाल समुहको बैठकले आफ्नो समुह तत्काल सरकारमा सहभागी नहुनेमा निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


अखिलमा नयाँ नेतृत्व : अध्यक्षमा सुनिता बराल, महासचिव समिक बडाल



काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष घोषणा गर्न लागेको छ । आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्नेगरी बराल अध्यक्ष र समिक बडाल महासचिव रहनेगरी केन्द्रीय समिति हेरफेर र विस्तार गर्न लागिएको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए ।

अखिलको वरिष्ठ उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षमा झपिन्द्र खत्री, यमराज पाण्डे, मोति विक, निशा अधिकारी, कल्पना वाइबा, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको छ भने ११ जना सचिव रहने भएका छन् । पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए । महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् ।

उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट विदा हुँदै छन् । अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

एउटा प्रदेशी जिन्दगी, प्रदेशमै जान्छ प्राण अनि पखेरु !



लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।

३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।

दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’

जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’

तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराको एकपटक बाबुको अनुहार हेर्ने अन्तरईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।

परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । दिवंगत देहले आफ्नै जन्मभुमीको माटोमा समाहित हुन पायो । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गिरि लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।

तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सूची मन्त्रालय, बिभाग, दुताबास वा बोर्डसँग हाेला कि नहोला !?

प्रतिक्रिया दिनुहोस !

भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: