७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

२४ घण्टामा ४१०७ जना कोरोना पुष्टि, १५३५ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !