११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

पूर्व कर्मचारी परिषद्को नवनिर्मित भवको उद्घाटन



काठमाडौ । सार्वजनिक प्रशासनको गरिमा र साख अभिवृध्दिमा पूर्व कर्मचारीहरुको योगदान महत्वपूर्ण रहदै आएको छ । कास्की जिल्लाको पूर्व कर्मचारी सेवा परिषदको नव निर्मित भवनको उद्घाटन गर्ने क्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले उक्त कुरा वताएका हुन् । यहांहरुको उमेर र अनुभव तथा अहिलेसम्म देखिएको सक्रियता तथा सार्वजनिक प्रशासनको गरिमा अभिवृध्दिमा पुर्याउनु भएको योगदान अतुलनीय छ उनले वताए ।

सो अवसरमा प्रमुख सचिव डा दामोदर रेग्मीले पूर्व कर्मचारी सेवा परिषद कास्कीको प्रकाशन गोधूलीको सन्देशको विमोचन समेत गरेका थिए । पोखरा रत्नचोक ७ मा कोष तथा लेखा नियन्त्रक कास्की को परिसरमा रु १४ लाख ७५ हजारको लागतमा सो भवन निर्माण भएको हो । उक्त भवनमा निवृत्तिभरण सहजीकरण लगायत अन्य सेवाहरु उपलब्ध हुनेछ । कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले यो भवन निर्माणमा को ले नि का कास्कीको भूमिका महत्वपूर्ण रहेको वताए । सभापतित्वको आसनवाट पूर्व कर्मचारी सेवा परिषद कास्कीका अध्यक्ष नरहरि वरालले भवन निर्माणमा सहयोग गर्ने को ले नि का कास्की जिल्ला प्रशासन कार्यालय कास्की र परिषदका सदस्यहरुको योगदान रहेको वताए । कार्यक्रममा को ले नि का कास्कीका प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्मा र प्रविधिक इन्जिनियर सूर्य प्रसाद बराललाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !