११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

पूर्वमन्त्री साउदद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



काठमाडौ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपि साउदले पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेका छन् ।शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरलाई बुधबार पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेका हुन् । तीन ठूलो र दुई सानो अक्सिजन कन्सन्ट्रेटर मेसिन पूर्वमन्त्री साउदले हस्तान्तरण गरेका छन् । प्रवासी नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको उनले बताए।

सो अवसरमा पूर्वमन्त्री साउदले कोरोनाका सङ्क्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्सन्ट्रेटर इमर्जेन्सीका रूपमा प्रयोग हुने भएकाले अस्पतालसम्म बिरामीलाई पुरायाई ज्यान बचाउन सकिने उल्लेख गरे । हावालाई फिल्टर गरी शुद्ध अक्सिजन बिरामीसम्म पुरयाउने कार्य अक्सिजन कन्सन्ट्रेटरले गर्ने भएकाले गम्भीर अवस्थाका बिरामीका लागि यो मेसिनले सघाउ पुरायाउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !