१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

युवालाई दाम्लोले बाँधेर निर्घात कुट्ने वडा अध्यक्ष नेपाली पक्राउ



काठमाडौ  ।  सामाजिक सुरक्षा भत्ता वितरणमा मनोमानी भएको आवाज उठाउँदा दलीत युवकलाई निर्घात कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका २ मस्कोटका अध्यक्ष रामबहादुर नेपालीले स्थानीय दलित युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा मनोमानी भएको आवाज उठाउँदा स्थानीय सर्पे दमाईलाई सो पालिकाका वडाध्यक्ष नेपालीलगायतले हातखुट्टा बाँधेर कार्यालय परिसरमै कुटपिट गरेका थिए । गत १५ साउनमा उनले ती युवालाई कार्यकक्षमै निर्घात कुटपिट गरेका थिए ।
वडा अध्यक्षको मनोमानीविरुद्ध आवाज उठाउँदा युवकलाई निर्घात कुटपिट गरिएसँगै स्थानीयहरुले ती जनप्रतिनिधलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका थिए । उनले युवालाई पिटेको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भएको थियो ।
सो पालिकाका वडा अध्यक्षले स्थानीयमाथि हातपात गरेको यो नै पहिलो घटना होइन्,यस अघि पनि जुनिचाँदे गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक यज्ञश्वर बस्नेतलाई कुटपिट गरेका थिए । वडा अध्यक्ष नेपाली सो प्रकरणमा मुछिएर


प्रतिक्रिया दिनुहोस !