१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

माधव पक्षको दोस्रो दिनको बैठकमा सहभागी भए सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् । पहिलो दिनको बैठकमा सहभागी नभएका उनी दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन् ।पीएसओलाई कोरोना देखिएको र आफू  कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए ।

कतिपयले देउवाले विश्वासको मत लिँदा उनीलगायतका केही सांसदले बहिस्कार गरेकाले नेपाल कित्ता छाडेको रुपमा समेत हेरेका थिए । आजको बैठकमा उनको सहभागितासँगै नेपाल पक्षलाई राहत मिलेको छ । यसैबीच आजको बैठकमा पनि नेता योगेश भट्टराई भने सहभागी छैनन् ।


प्रतिक्रिया दिनुहोस !