१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सचिव व्यवस्थापनमा देउवा सरकारलाई सकस :-५ मन्त्रालय रिक्त, प्रधानमन्त्री कार्यालयमै ५ सचिव अत्तिरिक्त !



काठमाडौ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको तीन हप्तासम्म आफ्नो सचिवलाय समेत बिस्तार गर्न सक्नुभएको छैन् मन्त्रिपरिषद्लाई पूर्णता दिन समेत नसक्नुभएको देउवा सरकार कर्मचारी व्यवस्थापनमा समेत चुकेको छ ।

सरकारका लाचारीका कारण प्रशासन संयन्त्र भुत्ते बन्दै गएको छ । यस्को पछिल्लो उदाहरण हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा ९ जना सचिव थुपारिनु । उनीहरुलाई जिम्मेबारी नदिई अत्तिरिक्त समुहमा राखिरहँदा ५ मन्त्रालय सचिव बिहिन रहनुले पनि सरकारको प्रशासनप्रति सरकार गम्भीर नरहेको संकेत गर्दछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ सचिवको दरबन्द्यी छ । त्यहाँ प्रशासनका चार र कानुनका एक सचिव कार्यरत हुने भए पनि अहिले प्रम कार्यालयमा ९ जना सचिव थुपारिएका छन् । उनीहरुलाई कुनै जिम्मेवारी नदिँदा कार्यालय जाने,हाजिर गरेर फर्किने दैनिकी बन्न थालेको छ ।

यही समयमा विभन्न ५ निकाय र मन्त्रालय सचिव बिहिन हुँदा त्यहाँको काम प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्रमश शिशिर ढुंगाना, लक्ष्मण अर्याल, बैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। त्यहाँ ५ जना सचिवलाई अत्रिरिक्त समूहमा थुपारिएको छ । हलौ सचिवमा बढुवा भएका कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरे र हरि मैनालीलाई केही जिम्मेवारी नदिँदा उनीहरुको दैनिकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जाने,हाजिर गरेर फर्केनेमात्र बनेको छ ।अहिले रक्षा,सञ्चार,कृषि,स्वास्थ्य र महालेखा नियन्त्रक पद रिक्त छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय