१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अमेरिकी कोरोना खोप लगाएको ६ महिनापछि पनि ९३ प्रतिशत प्रभावकारी



काठमाडौं । अमेरिकी कम्पनी मेडेर्नाले विकास गरेको कोरोना खोपको दोस्रो डोज लगाएको ६ महिनापछि ९३ प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले सुरुआती क्लिनिकल परीक्षणमा आफ्नो खोप ९४ प्रतिशत प्रभावकारी रहेको बताएको थियो ।

यद्यपि मोडेर्नाले आगामी दिनमा खोपले विकास गरेको एन्टिबडी घट्न सक्ने भन्दै जाडोयामको सुरुआततिर बुस्टरको रुपमा तेस्रोको आवश्यकता पर्न सक्ने बताएको छ । अर्को अमेरिकी कोरोना खोप निर्माता फाइजरले पनि कोरोनाविरुद्धको उच्च सुरक्षाको लागि तेस्रो डोज आवश्यक रहेको बताउँदै आएको छ ।

मोडेर्ना कम्पनीका सीईओ स्टेफेन बान्सेलले कम्पनीले वर्षमा ८० करोडदेखि एक अर्बभन्दा डोजभन्दा धेरै खोप उत्पादन गर्न नसक्ने बताए । उनले सन् २०२१ को अन्तिमसम्ममा कोरोना खोपको नयाँ अर्डर कम्पनीले नलिने उल्लेख गरे । गत साता फाइजरको कोरोना खोपबारे गरिएको अध्ययनमा प्रत्येक दुई महिनामा ६ प्रतिशत प्रभावकारिता कम हुँदै गएको देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !