४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

बेलायतमा कोरोनाको खोप लगाएका सयौँ मानिस अस्पताल भर्ना



फाईल तस्बिर- कोरोना संक्रमितहरुको बेड

एजेन्सी : बेलायतमा कोरोना विरुद्धको खोप खोप लगाइएका अत्यधिक मानिसहरुमा कोरोनाको डेल्टा भाइरस भेरियन्टको संक्रमणपछि सयौँ मानिस अस्पताल भर्ना भएका छन् । पब्लिक हेल्थ इग्ल्याण्डले खोप लगाइएका मानिसहरुमा सजिलैसंग डेल्टा भाईरस संक्रमण गर्न सक्षम रहेको चेतावनी दिएको छ । जुलाईदेखि अगस्ट २ सम्म डेल्टा भेरियन्टमा अस्पतालमा भर्ना भएका १४६८ जना मध्ये ५५.१ प्रतिशतलाई खोप लगाइएको थियो जबकि ५१२ जनाले दुईवटा डोज लगाईसकेका थिए। स्वतन्त्रता दिवसको नामले सम्बोधन गरिएको जुलाई १९ देखि लकडाउन प्रतिबन्धलाई सहज बनाएको थियो। युनाइटेड किंगडममा प्रयोगमा रहेका सबै खोपहरु अस्ट्राजोन, फाईजर र मोड्रिनाका खोप लगाईएको छ ।

 


प्रतिक्रिया दिनुहोस !