१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

लाचार बन्दै देउवा सरकार, हाजिर लगाउने र घर फर्किने सचिवहरुको दैनिकी



काठमाडौं : शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको तीन हप्तासम्म आफ्नो सचिवालय समेत विस्तार गर्न सकेका छैनन् । त्यती मात्रै होईन देउवा सरकारले कर्मचारी व्यवस्थापनमा समेत गर्न सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा ९ जना सचिव थुपारिएका छन् । उनीहरुलाई जिम्मेवारी नदिई अत्तिरिक्त समुहमा राखिरहँदा ५ मन्त्रालय सचिव विहिन रहनुले पनि सरकारको प्रशासनप्रति सरकार गम्भीर नरहेको संकेत गर्दछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ सचिवको दरबन्दी छ । प्रशासनका चार र कानुनका एक सचिव कार्यरत हुने भए पनि अहिले प्रम कार्यालयमा ९ जना सचिव थुपारिएका छन् । उनीहरुलाई कुनै जिम्मेवारी नदिँदा कार्यालय जाने, हाजिर गरेर फर्किने दैनिकी बन्न थालेको छ ।

यही समयमा विभन्न ५ निकाय र मन्त्रालय सचिव विहिन हुँदा त्यहाँको काम प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्रमश शिशिर ढुंगाना, लक्ष्मण अर्याल, बैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। त्यहाँ ५ जना सचिवलाई अत्रिरिक्त समूहमा थुपारिएको छ । हलौ सचिवमा बढुवा भएका कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरे र हरि मैनालीलाई केही जिम्मेवारी नदिँदा उनीहरुको दैनिकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जाने,हाजिर गरेर फर्केनेमात्र बनेको छ । पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ।

त्यसमाथि प्रधानमन्त्री देउवा आफैंसँग अहिले १७ वटा मन्त्रालय छ । प्रधानमन्त्री देउवाले २९ असारदेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आइरहेका छन् । तीमध्ये रक्षा,सञ्चार,कृषि,स्वास्थ्य र महालेखा नियन्त्रक पद रिक्त छ । मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महत्वपूर्ण कार्य रोकिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !