७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थाल्यो : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थालेको बताएका छन् । शनिबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले नेपालमा पनि कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थालेको बताएका हुन् । देउवाले भने, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं । कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरु हुने लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन ।’

त्यस्तै उहाँले अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कन आग्रह पनि गरे । उनले भने, ‘अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कौं । बाहिर निस्कनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं । भौतिक दूरी कायम गरौं । बेला–बेलामा साबुनपानीले हात धोऔं । स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गरौं ।’

कोरोना महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम नै खोप भएको उल्लेख गर्दै उनले अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी रहेको बताए । साथै उनले राजनीतिक दलहरु, निजी क्षेत्र, गैर सरकारी संस्थालाई पनि भेला हुने कार्यक्रम नगर्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !